काठमाडौं । यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।

उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा) ले जनाइएको छ । एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ ।
खेलाडी छनोट साउन २० गतेसम्ममा सकिने जनाइएको छ ।











