Logo
Logo

दुर्घटनामा एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


धादिङ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा शनिबार राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ ।

तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा १७ च ५३६ नम्बरको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

सडकबाट करीब १५० मिटर तल सवारी खसेपछि चालकको गाउँवासीले उद्धार गरी अस्पताल लगेका थिए । उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो भने सहचालक गम्भीर घाइते भएकाले थप उपचारका लागि काठमाडाँै पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्