Logo
Logo

डिसहोमले ल्यायो, ‘डिसहोम आई टिभी’


2.1k
Shares

काठमाडौं । इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेको डिसहोम मिटिया नेटवर्कले आईपी टिभीको सेवा शुभारम्भ गरेको छ ।

‘डिशहोम आई टिभी’का नाममा सेवा सुरु भएको डिसहोमले जनाएको छ । नेपालको एक मात्र डटीएच सेवा प्रदायक डिस मिडिया १२ बर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल छ ।

२०६७ सालमा होमटिभीको नाममा सेवा प्रारम्भ गरेकोमा पछि डिस नेपालसंग मर्जर गरेर डिसहोम बनेको थियो । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचार क्षेत्रमा क्रान्ति नै ल्याएको डिसहोमले ग्राहकलाई उत्कृष्ट च्यानलसंगै गुणस्तरीय सेवा पनि प्रदान गर्दै आएको छ ।

अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, टी टू टिभी र आईपी टिभीमा समेत सेवा विस्तार गरेको छ ।

ग्राहकको मन जित्न सफल इन्टरनेट सेवा डिसहोम फाइवरनेट, सबैभन्दा बढी ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित टी टू टिभीमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

इन्टरनेट प्रोटोकलमा आधारित यो आइपी टिभीमा स्पोर्टस् टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिजसहित २ सय बढी टिभी च्यानल, ५ हजार घण्टा बढीका कन्टेन्टहरू उपलव्ध छन् ।

प्रतिक्रिया दिनुहोस्