Logo
Logo

नेकपाको स्कुल विभाग : के हो स्कुल विभागको काम ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १२ साउन ।

नेपाल कम्युनिस्ट पार्टीभित्र यतिबेला स्कुल विभागको नेतृत्वमा कस्ले गर्ने भन्ने बिषयको टुङगो नलाग्दा अन्नय पार्टी काम र पार्टीको एकता प्रक्रिया नै टुंगो लाग्न सकेको छैन।

नेकपामा चार जनाले स्कुल विभागमा शुरुमा ईश्वर पोखरेलको मात्र चर्चा थियो । एकाएक पूर्व माओवादी सुमहबाट ईश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिन नसकिने निर्णय खुमलटारमा बसेको पूर्व मओवादी समुहल निष्कर्ष निकाल्यो र पार्टी प्रवक्ता समेत रहेका नारायणकाजीलाई दावी प्रस्तु गरायो ।

नारायणकाजीको प्रवेशसंग केहिदिन पहिलैनै टुङ्गोमा पुगीसक्ने विभागको जिम्मावारी अहिले सम्म टुङगो लाग्न सकेको छैन । आली पक्षबाट ईश्वर पोखरेलका नाम स्कुल विभागमा सिफारीस भएको भनिएतापनी ओलीले यस बिषयमा केही वोलेका छैन्न । माधव नेपाल पक्ष र झलनाथ खनाल पक्षबाट पनी स्कुल विभागमा नेताहरुको नाम प्रवेश भएको छ । नेपाल समुहबाट वेदुरम भुषाल र खनाल समुहबाट धनश्याम भुषालको नाम अगाडी सारिएको छ भने भुषालद्धयले स्कुल विभाग आपष्mुहरुलेपाए आफुहरुलाई न्याय हुने सार्वजनीक अभिव्क्ती दिदै आएका छन् ।

एक सातादेखि नेकपा नेतृत्व स्कुल विभाग प्रमुख टुग्याउन नसकेर अलमलिएको छ। दुई अध्यक्ष ओली र दाहालबीच स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने सहमतिमा पुग्ने सकेका छैन्न् । विवाद टुंगो नलागेपछि मंगलबार बस्ने भनिएको सचिवालय बैठक बिहीबारलाई सारियो। विहिवार पनी बैठक बस्न सकेन त्यस पछि आज बैठक बस्न लागेको छ ।

स्कुल विभागमा गर्नेकामहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नियमावली – २०७५ मा यस्तो उल्लखे छ ।

पार्टी स्कुल विभाग
क. पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरूप नियमित वा आवधिक पार्टी स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटी समक्ष प्रस्तुत गर्ने ।ख. पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने ।
ग.  पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्ने ।
घ. पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने ।
ङ. प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने।
च. स्वदेश तथा विदेशका पार्टी स्कुलहरूसँग अनुभव आदान–प्रदान गर्ने ।
छ. पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने ।

प्रतिक्रिया दिनुहोस्