Logo
Logo

सुनको भाउ प्रतितोला ८ सय रुपैँयाले बढ्यो


693
Shares

काठमाडौं । नेपाली बजारमा बिहिबार पहेँलो धातु सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हाे ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । हिजो बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्