काठमाडौं । लुम्बिनी विकास बैंक लि. र एम. ए. डब्लु. अटो कोर्प प्रा. लि. तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि. बीच सम्झौता भएको छ । फोटन र चङ्गन ब्राण्डका ब्यक्तिगत तथा व्यवसायिक प्रयोजनका यातायतका साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन ढकाल र एम. ए. डब्लु. अटो कोर्प तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक श्री विवेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरे । सो सम्झौतापत्रमा उल्लेख भएअनुसार उक्त सुविधा ग्राहकहरुले बैंकको सबै शाखाहरुबाट लिन सक्नेछन् ।
लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिँदै आएकोे छ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देश भरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन् ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।












