Logo
Logo

विराटनगरबाट काठमाडौं उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी


5k
Shares

विराटनगर । विराटनगरबाट ६० जना यात्रु लिएर काठमाडौं उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी आएको छ ।

वाईटी एमएम कल साइन जहाजको इन्डिकेटरमा खराबी देखिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले जानकारी दिए । उनका अनुसार काठमाडौं जाने तयारीमा रहेका सबै यात्रु जहाजमा चढिसकेका थिए ।

स्टार्ट गर्ने बेलामा खराबी देखिएपछि यात्रुलाई ओरालिएको छ । काठमाडौंबाट बिहीबार साँझ यात्रु लिएर आएको जहाजलाई विराटनगर विमानस्थलमै राखिएको थियो ।

जहाजमा आएको समस्या पहिचानका लागि प्राविधिक झिकाइसकिएको कुँवरले बताए । यात्रु लैजान काठमाडौंबाट अर्को जहाज आउने क्रममा रहेको यति एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्