
लण्डन । यस वर्षको महिला युरोकपको उपाधि इंग्ल्याण्डले जितेको छ ।
वेम्ब्लेमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ ले पराजित गर्दै इंग्ल्याण्डले इतिहास रचेको हो ।
इंग्ल्याण्डको महिला टोलीले जितेको यो पहिलो प्रमुख उपाधि हो । सब्सिटिट्युट क्लोइ केलीले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई जीत दिलाइन् ।
यसअघि, एला टुनले खेलको ६२औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन् । तर, ७९औँ मिनेटमा जर्मनीकी लिना मागुलले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।











