
काठमाडौं । पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्र डुबानमा परेको छ ।
वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझबाट निरन्तर परिरहेको वर्षाका कारण सो क्षेत्रका सय घर डुबानमा परेका छन् । ‘करिब सय घर डुबानमा परेको तथ्यांक संकलन भएको छ ।
मानविय क्षति भएको छैन,’ बरालले भने । ११ नं वडाको काउमा पानी नियन्त्रण नहुँदा बस्तीमा डुबान भएको हो ।











