
काठमाडाैं । नेपालले गत आर्थिक वर्ष ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात गरेको छ ।
उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलो अगरबत्ती निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालको अगरबत्ती विश्वका ५० वटा देशमा निर्यात हुने गरेको छ ।
अष्ट्रेलिया, अष्ट्रिया, भुटान, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, टर्की, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्समा समेत निर्यात हुने गरेको छ ।
यसैगरी अमेरिकामा २ करोड ४० लाख, ताइवानमा ७७ लाख, स्पेनमा ६८ लाख, रसियामा ३० लाख, पोल्याण्डमा १५ लाख र जर्मनीमा ५५ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको भन्सारको तथ्यांक छ ।












