Logo
Logo

निगमले भन्यो- तत्काल इन्धनको मूल्य घट्दैन


1k
Shares

काठमाडौं । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने जनाएको छ । निगमले विज्ञप्ति जारी गर्दै अझैपनि पेट्रोलियम पदार्थमा घाटा रहेको भन्दै मूल्य घछाउन नसकिने बताएको हो ।

इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर इन्धन पठाएपनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने निगमले जनाएको छ । निगमले अझै २३ अर्ब घाटा रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ ।’

लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराएर पनि अझै २३ अर्ब रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । साथै, महँगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ ।

भारतबाट सोमबार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । १५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्