Logo
Logo

हवाई यात्रु बढे, ६ महिनामा ३७ लाखले गरे यात्रा



फाइल फाेटाे ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाखले उडान भरेका छन् ।

सन् २०२१ मा ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढी हो । सन् २०२२ को ६ महिना (जनवरीदेखि जुन) सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले हवाई उडान भरेका छन् ।

अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बौलाले बताए । उनले भने, ‘आन्तरिक हवाई यात्रुमा हवाई यात्राको आकर्षण बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको छ ।’

स्थानीय तहको निर्वाचन तथा प्रदेशहरुमा पनि विभिन्न गतिविधि बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको जनाइएको छ । सन् २०२२ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल १५ लाख १४ हजार १९१ जना यात्रुले हवाई उडान भरेका छन् ।

जसमा विमानस्थलबाट बाहिरिनेको संख्या ८ लाख २८ हजार र विमानस्थल भित्रिने ६ लाख ८५ हजार छन् । कारोबारबाट

प्रतिक्रिया दिनुहोस्