Logo
Logo

बैतडीमा बल्ल कोरोना कोष


504
Shares

बैतडी । यहाँ पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ ।

कोरोना जोखिम नियन्त्रणका लागि ५ लाख बराबरको कोष स्थापनाको तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट ५० हजारका दरले जम्मा गरी कोष स्थापना हुने भएको छ ।

यहाँ १० स्थानीय तह छन् । केही दिनअगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितलाई उपचारको दायरमा ल्याउनले उद्देश्यले कोरोना कोष स्थापना गर्ने निर्णय भएको उनले बताए ।

विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर र आइसोलेसन, क्वारेन्टिन निर्माण गरिने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, एम्बुलेन्सको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्