Logo
Logo

अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पर्यटनमन्त्री



काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

उनले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिएका थिए । विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थलको सेवा प्रवाह चुस्त दुरुस्त बनाउन व्यवस्थापनलाई निर्देशन दिए ।

मन्त्री श्रेष्ठले विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै रनवे क्षेत्रको पनि निरीक्षण गरेका छन् । ७३ बुँदे कार्ययोजनामा समेत विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई समेटिएको बताए । धावनमार्ग निर्माण, पार्किङ्ग स्थल, प्रस्थान तथा आगमन हल निर्माणले सेवा प्रवाहमा सूधार भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल २७ वटा मुलुकमा सिधा उडान भइरहेको छ । २६ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । आन्तरिक उडानतर्फ ११ वटा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा संचालनमा छ ।

विमानस्थलभित्रका पूर्वाधार निर्माण र यात्रुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती नगर्न र सुधारको अनुभुति हुने गरी काम गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्