
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यवृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ प्रतितोला ३५ रुपैँयाले बढेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












