
काठमाडौं । खेलकुदमन्त्री महेश्वर गहतराजले बाराको जीतपुरस्थित सिमरा रंगशालाको निरिक्षण गरेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरिक्षणकालागि बिहीबार सिमरा पुगेका मन्त्री गहतराजले मैदानको भौतिक संरचना र निर्माण पक्ष बारेसमेत जानकारी लिए ।
१४ बिगाहा क्षेत्रफलमा फैलिएको सिमरा रंगशालाको निर्माणधिन प्याराफिटको अनुगमन गर्दै उनले बाँकी निर्माण चाँडै अगाडी बढाईने बताए । यो रंगशाला काठमाडौंदेखी सबैभन्दा नजिकको दुरीमा छ । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता संचालनमा सहजता हुनेभएकाले रंगशालाको विशेष महत्व रहेको उल्लेख मन्त्री गहतराजले बताए ।
‘रंगशाला निर्माणकालागि स्थानियस्तरबाट भएको प्रयास स्रहानिय छ, यसको पूर्णताकालागि अझैं प्रयास गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘ढुक्क हुनुहोस्, आर्थिक स्रोत सुनिश्चितताको आधार खोज्न मन्त्रालय प्रतिवद्ध भएर लाग्छ ।’
उनले सिमरा रंगशालाभित्र खेलकुदका अन्य संरचना निर्माणको सम्भाव्यतासमेत अध्ययन गरेर अगाडी बढिने बताए ।











