Logo
Logo

यो साता उकालो लाग्यो सुनचाँदीको मूल्य



काठमाडौं । यो साता सुन–चाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलनामा यो साता सुनचाँदीकै मूल्य बढेको छ ।

गत शुक्रबारदेखि यो शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।

जुन, तोलामा ५०० रुपैयाँ बढेर यो साताको शुक्रबारसम्म आइपुग्दा ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, हिजो शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, गत साता तोलामा १ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा ५ रुपैयाँ बढेको छ । महासंघले यो साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्