Logo
Logo

सबै मिल्दा मात्र विकास सम्भव : मन्त्री चौधरी



दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन् ।

शनिबार लमहीमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’

विपि स्मृति भवनलाई बजेट छुट्याएको उनले बताए । ‘अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ ।’ मन्त्री चौधरीले थपे ।

दाङ देउखुरीले अब मुहार फेर्ने उनको भनाइ थियो । देउखुरीबाट स्वर्गद्धारी जोड्ने केवुलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्ध सहित राप्ती कोरिडोर निर्माण जस्ता महत्वपूर्ण परियोजना सुरु गरिने जनाए ।

मन्त्री चौधरीले उनकै पलामा निर्माण भएको दलित सचेतना अभियान लमहीको भवन उद्घाटन, २० करोडको लागतमा बन्न लागेको लमही बहुउद्देश्यीय भवनको शिलान्यास गरेका थिए ।

थारु कल्याणकारिणी सभा देउखुरी, नेपाल नेत्रज्योती संघ, उद्योमी महिला बचत तथा ऋण सहकारी लगायत विभिन्न संघ संस्थाहरुले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्