Logo
Logo

निर्वाचन जित्न धनकुटा कांग्रेसको नयाँ अभियान


16.2k
Shares

धनकुटा । धनकुटामा संघिय र प्रदेश सभा निर्वाचन जित्न नेपाली कांग्रेसले नयाँ अभियान सुरु गरेको छ ।

आइतबार कांग्रेस धनकुटा प्रदेश सभा निर्वाचन क्षेत्र समितिको बैठकले विभिन्न निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै कांग्रेस धनकुटाका सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईले धनकुटेली जनता परिर्वतनको पक्षमा उभिएकाले कांग्रेसको पक्षमा जनलहर आएको बताए ।

आउदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन धनकुटामा नेपाली कांग्रेस विजयी हुने दाबी गरे । निर्वाचन जित्न नयाँ रणनीतिका साथ संगठन परिचालन गर्ने राईको भनाइ थियो ।

कांग्रेसले प्रत्येक मतदातासम्म कांग्रेसको अभियान पुर्याउने र परितर्वनतका लागी कांग्रेस जिताऔं अभियान संचालन गर्ने निर्णय बैठकले गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्य समिति ‘ख’ का सभापति राजन पौडेलको अध्यक्षमा बैठक भएको हो ।

स्थानीय तह निर्वाचन ताका भएको कमी कमजोरीलाई सच्याउँदै मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर प्रदेश सभा निर्वाचन क्षेत्र र पालिका तथा वडा समितिलाई सशक्त ढंगले परिचालित गर्ने पैडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्