Logo
Logo

पाटनमा उपभोक्ता समिति अध्यक्ष महिलामात्रै


189
Shares

बैतडी । पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ ।

चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनामा महिलामात्रै अध्यक्ष हुन पाउने नियम बनाएको हो ।

कार्यवाहक मेयर कमलसिंह बोहराका अनुसार नगरपालिकाले वडालाई पत्र लेख्दै भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ । समितिको अध्यक्ष महिला राख्ने निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।

‘यसले महिलालाई विकास निर्माणका काममा सहभागी हुन र क्षमता अभिवृद्धिका लागि सहयोग पुग्छ,’ बोहोराले भने ।

प्रतिक्रिया दिनुहोस्