Logo
Logo

प्रहरीको नयाँ तलबमान स्वीकृत, कसको तलब कति पुग्यो ?




काठमाडौं । प्रहरीको नयाँ तलब स्केल स्वीकृत भएको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ तलबमान स्वीकृत गरेको हो ।


जसअनुसार आइजिपी र एआइजीको तलब ७२ हजार ८२ रुपैयाँ पुगेको छ । डिआइजीको ६० हजार नौ सय ५० पुगेको छ । इन्सपेक्टरको ४३ हजार ६ सय ८८ तथा जवानको २६ हजार ८२ रुपैयाँ छ ।


उच्च कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउने प्रयास भएपनि अन्ततः बजेटमा घोषणा भएअनुसार १५ प्रतिशत मात्र बढेको हो ।

प्रतिक्रिया दिनुहोस्