Logo
Logo

क्रिप्टोकरेन्सी कारोबारीलाई कारबाही हुन्छ : राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही गरिने बताएको छ ।

मंगलबार सूचना निकालेर क्रिप्टोकरेन्सीको कारोबार गर्ने, सदस्यता लिने, लगानी गर्ने, स्थानान्तरण गर्ने, बिप्रेषण र विनिमयसम्बन्धी कार्य गर्ने गरेको पाइएमा कानूनअनुसार काबारही हुने जनाएकाे हाे ।

राष्ट्र बैंकले यसअघि पनि पटक–पटक सार्वजनिक सूचना निकालेर क्रिप्टोकरेन्सी कारोबार गर्न नपाइने बताएको थियो ।

राष्ट्र बैंकका अनुसार नेपालमा क्रिप्टोकरेन्सी कारोबार/व्यवसाय गैरकानूनी छ ।

प्रतिक्रिया दिनुहोस्