
काठमाडौं । यो साता नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ १८ सयले घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ थियो । यने साताको शुक्रबारसम्म आइपुग्दा ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ थियो । यो साता ९५ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, यो साता चाँदीको मूल्यमा ४० रुपैयाँको गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ११ सय ८५ रुपैयाँ कायम भएको छ ।












