Logo
Logo

खप्तड लघुवित्तद्वारा सर्वसाधारणका लागि आईपिओ खुला


1.3k
Shares

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले बुधबारदेखि प्रतिकित्ता एक सय अंकित मूल्यमा १ करोड ३२ लाख मूल्य बराबरका १ लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मार्फत बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी पूँजीको ०.५ प्रतिशत अर्थात् दुई हजार कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको ५ प्रतिशत अर्थात् ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४ सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले यही भदौ १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३ सय २० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिमा मागबमोजिम आवेदन नआए भदौ २२ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्