Logo
Logo

प्रदेश १ काे कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगरमा


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको कार्यक्रममा सहभागी हुन विराटनगर प्रस्थान गरेका छन् ।

प्रदेश–१ का केन्द्रीय सदस्यसहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी हुन उनी शुक्रबार बिहान साढे १० बजे विराटनगरतर्फ लागेका हुन । मंसिर ४ गते हुने प्रदेश र संघको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर गएका हुन् ।

प्रदेश–१ का अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’का अनुसार प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहित सदस्यहरुको बैठकलाई अधयक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्