Logo
Logo

अर्थमन्त्रीको हातमा तीन सहसचिवको भाग्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । क्षमता नभई भागबन्डा र चलखेलका आधारमा हुन लागेको महाबाणिज्य दूतको नियुक्ती रोकिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाका कारण नियुक्ति प्रक्रिया रोकिएको हो ।

सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले ठूला नेताहरुको सिफारिसमा तीन साताअघि तीन सहसचिवलाई महाबाणिज्यदूतमा नियुक्तिको लागि प्रक्रिया अघि बढाएको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव निता पोखरेल अर्याल अध्यागमनका प्रमुख ईश्वरराज पौडेल र अर्का सहसचिव झविन्द्र पराजुलीको नाम सिफारिस भएको थियो । सो प्रक्रिया दुई सातादेखि मन्त्रिपरिषद्मा रोकिएको छ ।

महाबाणिज्यदूत हुनेहरुको सूचि थाहा पाएपछि अर्थमन्त्री खतिवडाले पनि चलखेल सुरु गरेका छन् । आफ्नो सल्लाह बिना नै तीन महाबाणिज्यदूत नियुक्ति गर्न लागेको भन्दै उनले एक जना आफ्नो मान्छे हुुनुपर्ने भन्दै नियुक्ति प्रक्रिया रोकेका छन् । अर्थ मन्त्रालयकै केही सहसचिवको उक्सावटमा उनले नियुक्ति रोकेको स्रोत बताउँछ । महाबाणिज्यदूत नियुक्तिमा अर्थमन्त्रीले नै प्रस्ताव लैजानुपर्ने प्रावधान छ ।

सिफारिस भएकीमध्ये निता पर्यटन मन्त्रालयमा हुँदा विवादमा परेकी थिइन् । बिद्युतीय बस खरिदमा अनाबश्यक चलखेल गरेको आरोप उनीमाथि लागेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सिफारिसरमा उनी परेकी हुन् ।

त्यस्तै हाल अध्यागमन विभागका महानिर्देशक रहेका पौडेल गृहमन्त्री रामबहादुर थापामार्फत सिफारिस भएका थिए । तर, थापाको भर नलागेपछि उनी प्रचण्डमार्फत समेत नियुक्तिमा लागिरहेका छन् । अर्थमन्त्रीले नियुक्ति प्रक्रिया रोकेपछि उनीहरु हिस्स परेका छन् ।

महाबाणिज्यदूत पद कर्मचारीका लागि निकै आकर्षक पद हो । आयातसम्बन्धि व्यवसायमा आबद्ध व्यापारीहरुको हितमा निर्णय गरेर ठूलो फाइदा लिने भएकाले यो पदमा अत्याधिक चलखेल हुने गरेको हो । दुई तिहाईको दम्भ भएको ओली सरकारले कतै पनि सिष्टम बसाउने प्रयास गरेको छैन । महाबाणिज्यदुतमा देशको हितमा काम गर्ने भन्दा चलखेल गरेर नेताहरुलाई रिझाउने व्यक्तिहरु नियुक्त हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्