Logo
Logo

बढी कर तिर्नेमा सूर्य नेपाल नै, एनआईसीले नबिललाई उछिन्यो


1k
Shares

काठमाडौं । सर्वाधिक कर तिर्ने पहिलो नम्बरमा यस वर्ष पनि सूर्य नेपाल नै परेको छ ।

अघिल्लो वर्ष ९ अर्ब ३४ करोड रुपैयाँ कर तिरेको यो कम्पनीले २०७८/०७९ मा १० अर्ब ७२ करोड रुपैयाँ तिरेको छ । गत आर्थिक वर्ष ५ अर्बभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल, नेपाल दूरसञ्चार कम्पनी, एनसेल आजियाटा र गोर्खा ब्रुअरी छन् ।

नेपाल दूरसञ्चार कम्पनीले ९ अर्ब ८२ करोड, एनसेलले ७ अर्ब ५९ करोड र गोर्खा ब्रुअरीले ५ अर्ब ८९ करोड रुपैयाँ कर तिरेका छन् । यसैबीच सबैभन्दा धेरै आयकर तिर्ने बैंकमा एनआईसी एशिया छ ।

यसअघि नबिल बैंक पहिलो नम्बरमा थियो । एनआइसी एशियाले २०७८/०७९ मा ३ अर्ब ४१ करोड रुपैयाँ कर तिरेको छ । बढी आयकर तिर्ने ५ बैंकमा एनआईसी एशिया, नबिल, ग्लोबल आइएमई, सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्