Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

राष्ट्रपतिलाई तनावदेखि विद्युत निर्यातमा फड्कोसम्म


4.5k
Shares

१. नागरिकता विधेयक हुबहु प्रमाणिकरणका लागि आउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी तनावमा, विधेयक फिर्ता गर्दा आफूले पठाएको १५ बुँदे सुझावबारे दलहरूबीच छलफल नै नभएको गुनासो, अर्कोपटक नागरिकता विधेयक ल्याउँदा लैंगिक समानता र वैवाहिक अङ्गीकृतको मुद्दा सम्बोधन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली कांग्रेसको वचन ।

२. प्रधानमन्त्री र मन्त्रीहरूलाई ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारमा सहभागी हुन रोक, मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने, निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न भने पाउने ।

३. संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको गृहमन्त्री बालकृष्ण खाणको भनाइ, कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सरकारले विधेयक अघि बढाएको स्पष्टीकरण, विधेयलाई अनुमोदन गर्ने सन्दर्भमा प्रतिपक्षले मौन रहेर सहमति जनाएकाले विधेयकमा सबैको साथ र सहयोग रहेको धारणा ।

४. शान्ति सम्झौता र अन्तर्राष्ट्रिय कानुनी मान्यताको प्रतिबद्धता अनुरूप सशस्त्रद्वन्द्वको क्रममा पीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध रहेको कानुनमन्त्री गोविन्द बन्दीको भनाइ, शान्ति सम्झौताका साथै सर्वोच्च अदालतको फैसला र नेपालले जनाएको प्रतिबद्धताको अन्तर्राष्ट्रिय कानुनद्वारा सिर्जित दायित्वअनुसार सशस्त्र द्वन्द्वको क्रममा पीडित भएकाहरूको सत्य थाहा पाउने, न्याय पाउने अधिकार र भविष्यमा गरिनुपर्ने सुधारको प्रत्याभूत गर्ने अधिकारको सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको धारणा, मानवताविरुद्धको अपराध अन्वेषण गर्ने काम राज्यका तर्फबाट ढिलो भएकामा पीडितले न्याय पाउन ढिलो भएकोप्रति क्षमायाचना ।

५. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नयाँ र जनताले रुचाएका व्यक्तिलाई उम्मेदवार बनाइने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, पार्टी र जनताले सोच्दै नसोचेको व्यक्तिलाई पार्टीले उम्मेदवार नबनाउने धारणा, नयाँ व्यक्तिलाई उम्मेदवार बनाउँदा जनता तथा नेता कार्यकर्ताले पनि माओवादीले राम्रो गर्यो भन्ने वातावरण बन्ने विश्वास ।

६. प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिए, निर्वाचन आयोगमा दर्ता भएका ७६ दलमध्ये समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिए, प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा ५५, मधेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन ।

७. विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने, नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाबीच हस्ताक्षर ।

८. नेपाल विद्युत प्राधिकरणले ८५ दिनमा ६ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै, चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा पर्यो, कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत ।
९. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो, नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले वृद्धि हुँदा उकालो लागेर एक हजार नौ सय ९३ दशमलव शून्य दुईमा पुग्यो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ ले वृद्धि भई तीन सय ८७ दशमलव ४६ पुग्यो ।

१०. अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना, विमानमा सवार तीनै जनाको मृत्यु, अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु, अन्य ४० जना घाइते, भारतीय काँग्रेस अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा, मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा हुने ।

प्रतिक्रिया दिनुहोस्