
काठमाडौं । फक्सवागन गाडीका लागि नेपालको एकमात्र आधिकारिक वितरक पूजा इन्टरनेशनलले दसैं र तिहारलाई लक्षित गर्दै ‘अनबिटेबल फेस्टिभ अफर’ ल्याएको छ ।
यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चार पाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकले ०.९९ प्रतिशतदेखि माथि न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्विच हुन खोज्ने गाडीप्रेमीलाई यो सबैभन्दा राम्रो अफर हो ।
‘अनबिटेबल कार, अनबिटेबल अफर’ ट्यागलाइनका साथ सुरु हुने योजनामा उत्कृष्ट जर्मन-इन्जिनियर कारमा जी फाइनान्सिङ सुविधा’ प्राप्त हुनेछ । साथै, टेस्ट ड्राइभका लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
यो योजना सेप्टेम्बर १ गतेदेखि देशभर लागु हुँदैछ । उत्कृष्ट उपभोक्तामुखी यो योजना सीमित समयको लागि मात्र मान्य हुनेछ । उत्कृष्ट अफर लिन र घरमा खुसी ल्याउन नजिकको फक्सवागन जान अनुरोध गरेको छ ।
पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ। फक्सवागनका गाडी बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकाले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन्।
जसले यसलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ। नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् ।












