
१. मिटरब्याजी सुदखोरविरुद्व संघर्षरत किसान र मजदुरद्वारा न्यायको याचना गर्दै काठमाडौंमा किसान–मजदुर मार्च, आफूहरूको अनुचित ऋण मिनाहा र मिटरब्याजी सुदखोरलाई कारबाहीको माग गर्नै किसान र मजदुरद्वारा माइतीघरदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म प्रदर्शन, विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याजी सुदखोरपीडित किसान एक महिनादेखि माइतीघरको सडकमा धर्ना दिँदै ।

२. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा दोस्रो दिन पनि बयान दिए, बयान नसकिएकाले भदौ १९ गते थप बयान लिइने, जम्मा ४३ वटा प्रश्नमध्ये हालसम्म ६ वटा प्रश्नको मात्र जवाफ लिइयो, प्रश्नको जवाफ दिने भन्दा पनि अरुलाई आरोप लगाउँदै चालेन्द्र ।

३. हाल कारोना संक्रमण घटेको देखिएपनि जाडो याम सूरु भएसँगै संक्रमित अस्पताल भर्ना हुने र कोरोनाबाट मृत्यु हुने दर बढ्नसक्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ, सङ्क्रमितको संख्या घट्दै गएको भएपनि जाडो मौसममा अवस्था चिन्ताजनक हुनसक्ने भन्दै चिन्ता व्यक्त, संक्रमितको संख्या घटे पनि स्वास्थ्य सतर्कता कायम राख्नुपर्ने सुझाव ।

४. भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायो, निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्ने, आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजलमा ६ रुपैयाँ १२ पैसा वृद्धि, नयाँ मूल्यय अनुसार अब निगमलाई डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुग्यो ।

५. मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा झण्डै तीन लाख जनशक्तिले सुरक्षा प्रदान गर्ने, ७१ हजार ६ सय ९३ नेपाल प्रहरी र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने, नेपाली सेना ७१ हजार र सशस्त्र प्रहरी ३५ हजार परिचालन गर्ने तयारी ।

६. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिए पनि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुङ्गो लगाउन सकेन, सय सिट दाबी गर्दै आएको कांग्रेसले ९० सिट पाए चित्त बुझाउने, गठबन्धनमा आवद्ध अन्य दलको दाबी यथावत ।

७. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई नेकपा एमालेको निर्देशन, पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रिय र विजय सुनिश्चित भएको व्यक्तिको नाम सिफारिस गर्नुपर्ने, समानुपातिकतर्फ सिफारिस गर्दा समावेशीताका आधारमा गर्नुपर्ने ।

८. नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि क्रमशः वातावरण बन्दै गएको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको भनाइ, विद्युतको बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको जानकारी, भारतको बजार खुलेसँगै निकट भविष्यमै बङ्गलादेशको बजारसमेत नेपालका लागि प्रशस्त हुने विश्वास ।

९ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो, नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर १ हजार ९ सय ७२ दशमलव २९ कायम, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६६ अङ्कले ओरालो लागेर ३ सय ८३ दशमलव ९३ पुग्यो ।

१०. प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोद्वारा पदबाट राजीनामा, महिलाको मृत्यु नै मन्त्री टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ भएको भनाइ, पोर्चुगलका डेलिभरी अस्पतालमा कामदारको गम्भीर अभाव भएको आरोप ।












