Logo
Logo

निधि धुनषा-३ बाट समानुपातिकमा सिफारिस


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि समानुपातिकमा सिफारिस भएका छन् । धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जनाएका छन् ।

निधि अघिल्लो निर्वाचनमा लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसअघि नै आफू हार्ने संकेत पाएपछि प्रत्यक्षतर्फ चुनाव नलड्ने उनले बताएका थिए ।

उनले भनेका थिए, ‘मेरो कारणले गठबन्धनमा गडबड होस् भन्ने चाहेको छैन । म हिमाल, पहाड जहाँबाट पनि चुनाव लड्न सक्छु ।’ लोसपाबाट महतो पुनः यही क्षेत्रबाट उम्मेदवारीको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्