काठमाडौँ । ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य जित जङ्ग बस्नेतको नाम सिफारिस भएको छ ।

शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले बस्नेतको नाम सिफारिस गरेको हो । बस्नेत गत बर्ष मंसिरमा भएको नेपाली कांग्रेसको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा विजयी भएका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाको बिश्वास पात्रको रुपमा मानिन्छ ।














