Logo
Logo

तिलोत्तमाका विमलले ल्याए ३.९६ जिपीए, नेपाल प्रथम भएको दाबी



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा क्याम्पसले शैक्षिक क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गर्दै आएको छ । हालै सार्वजनिक कक्षा १२ को परीक्षाफलमा क्याम्पसका बिज्ञान संकायका छात्र विमल न्यौपाने ३.९६ जिपीए ल्याएर नेपाल प्रथम भएको दाबी गर्दै सम्मान गरेको छ ।

क्याम्पसले एक औपचारिक कार्यक्रम गरी २०७८ को परीक्षाफलमा ३.९६ जीपीए ल्याएका छात्र न्यौपानेलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण र क्याम्पस सञ्चालक समितिका पदाधिकारीले कदरपत्र प्रदान गरी सम्मान गरेका छन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख खांणले निजी क्षेत्रका शिक्षण संस्थाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको र योगदान निकै ठूलो रहेको बताउदै शिक्षामा आमूल परिवर्तन ल्याएको बताए । उनले निजी क्षेत्रलाई सरकारले विभेद गर्न नहुने बताउदै आफूले विभेद हटाउन पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

क्याम्पसका प्राचार्य डा. रामचन्द्र आचार्यले २०५३ सालमा स्थापना भएको क्याम्पसले स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा ल्याउंदै नारायणी पश्चिममा बेग्लै पहिचान बनाएको जानकारी दिए । उनले यस क्षेत्रका निजी शैक्षिक संस्थामा राम्रो शैक्षिक वातावरणकै कारण बिद्यार्थीहरु एसएलसी पछि राजधानी काठमाडौं जानपर्ने बाध्यता हटेको पनि वताए ।

संस्थाका अध्यक्ष रामचन्द्र ढकालले शैक्षिक संस्था चलाउन कठीन रहेको वताउदै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरुका कारण अध्ययन गर्न हरेक वर्ष करोडौं रुपैयां विदेश जानबाट रोकिएको र यो क्षेत्रमा हजारौंले रोजगारी पाएको बताएका थिए । तिलेत्तमामा पोखरा बिश्वबिद्यालयबाट समबन्धन प्राप्त बिबिए कार्यक्रम पनि संचालनमा छ । यहा बिद्यार्थी मैत्री पुस्तकालय अत्याधुनिक प्रयोगशाला, राम्रो शैक्षिक वातावरण रहेकोले नै राम्रो नतीजा ल्याउन सफल भएका हुन् ।

सम्मानित छात्र विमल न्यौपानेले आफ्नो मेहनत र अनुभवी, कुशल शिक्षक तथा क्याम्पसको राम्रो वातावरणले आफूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

२०५३ सालमा स्थापना भएको तिलोत्तमा क्याम्पसबाट गतबर्ष पनि बिक्रम तिवारीले ३.९२ र क्रिसला लामाले ३.९२ नेपालमै प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्