Logo
Logo

क्रिकेट क्षेत्रलाई उत्कृष्ट बनाउने सरकारकाे प्राथमिकता : खेलकूदमन्त्री


693
Shares

काठमाडौं । खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालको क्रिकेट क्षेत्रलाई अन्तराष्ट्रियस्तरमा उत्कृष्ट बनाउन सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री गहतराजले ठूला अन्तराष्ट्रिय प्रतियोगीता नेपालमा नै गर्न सक्ने आधार तयार भइरहेको र यसले नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट बनाउन मद्धत पुग्ने बताए ।

फाप्ला क्रिकेट मैदान र गौतमबुद्ध क्रिकेट मैदानलाई सम्पन्न गरेर केहि बर्षमा नै सवै भन्दा धेरै लगानी क्रिकेट क्षेत्रमा भएको देखिने उहाले बताए । मन्त्री गहतराले नेपालमा हुने आन्तरिक प्रतियोगीताले बलियो राष्ट्रिय टिम निर्माण हुने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना हुन लागेको हो ।

खेलहरु कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्