
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् ।
शुक्रवार बिहान फेसबुकमार्फत उनले नेपालको कानूनमा पूर्ण विश्वास रहेको र सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन् ।
उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् ।











