Logo
Logo

साफ महिला च्याम्पियनसिप : श्रीलंंकामाथि नेपालकाे ४ गाेल


1.6k
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलंंकाबीचको खेलमा नेपालले मध्यान्तरअघि ४-० को अग्रता लिएको छ ।

नेपालका लागि रश्मीकुमारी घिसिङले १० औं मिनेटमा गोल गरेका थिए । त्यसको एक मिनेटपछि नै सरु लिम्बुले एक गोल थपे ।

त्यस्तै, १७ औं मिनेटमा अमृता जैसीले १ गोल गरे भने मध्यान्तरको ठीक अघि ४५ औं मिनेटमा दिपा राईले चौंथो गोल गर्दै खेलमा नेपालको पकड मजबुत बनाएका हुन् ।

मुख्य स्ट्राइकर सावित्री भण्डारीलाई डेंगु संक्रमणका देखिएपछि आज नेपालले भण्डारीबिना प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्