Logo
Logo

नेपालका हिमालसँग विश्वका डेड अर्ब मानिस निर्भर छन् : अर्थमन्त्री


7.9k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भए मात्रै विश्वका डेड अर्ब मानिसले पानी पिउन पाउने बताएका छन् ।
बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरूको बैठकमा नेपालको तर्फबाट धारणा राख्ने क्रममा मन्त्री शर्माले नेपालको हिमाल संरक्षणमा जोड दिए । 

बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने– ‘पानीको स्रोत हिमाल हो । जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा छन् । नेपालका हिमाल संरक्षण गर्न नसके विश्वका डेड अर्ब मानिसको पानीको व्यवस्था संकटमा पर्छ । त्यसैले जलवायु परिर्वतन न्यूनिकरण आजको महत्वपूर्ण अभिभारा हो ।’
दोस्रो हरित जलवायु कोष (जीसीएफ) ग्लोबल प्रोग्रामिङ सम्मेलन अन्तर्गत बुधबार एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरूको विशेष बैठक भएको थियो । बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले जलवायु परिवर्तनको प्रभावकारी न्यूनीकरण र निजी क्षेत्रको लगानी परिचालन गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने कुरामा म जोड दिए ।

प्रतिक्रिया दिनुहोस्