Logo
Logo

रसुवागढीबाट दैनिक १४ कन्टेनर भित्रिने


63
Shares

काठमाडौं । कोरोना भाइरसका कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणसँगै रसुवागढी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

प्रतिक्रिया दिनुहोस्