काठमाडौं । दशरथ रंगशालामा जारी महिला साफ फुटबलको सेमिफाइनल खेल आज हुँदै छ ।
पहिलो खेलमा दिउँसो १ बजे भुटान र बंगलादेश आमने सामने हुँदै छन् । भुटान पहिलो र बंगलादेश दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा हुने छन् । बंगलादेशले २०१६ मा पनि सेमिफाइनल खेलेको थियो ।
आजै साँझ साढे ५ बजे घरेलु टोली नेपाल र भारतबीच दोस्रो सेमिफाइनल खेल हुँदै छ । प्रतियोगिताका पछिल्ला ५ संस्करणमध्ये यी दुई टिमले २०१६ को प्रतियोगितामा बाहेक हरेक प्रतियोगितामा फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।
हरेक पटक उपाधि यात्रामा तगारो बन्दै आएको भारतलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल छ ।