Logo
Logo

प्रभु बैंक र क्रेभ रेष्टुरेन्टबीच आकर्षक छुटसम्बन्धी सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित क्रेभ रेष्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ र क्रेभ रेष्टुरेन्टका तर्फबाट प्रोप्राइटर मिलन थकालीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त रेष्टुरेन्टबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावले क्रेभ रेष्टुरेन्टद्धारा सञ्चालित ‘फुड’ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौताअन्तर्गत क्रेभ रेष्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा, क्रेभ रेष्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभाव लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्