Logo
Logo

खेलकुदमन्त्री महेश्वरले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई



काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशबिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीहरुलाई मन्त्री अथकले बधाई दिएका हुन् ।

सामाजिक संजालमा खेलाडीहरुसँगको तस्बिर शेयर गर्दै उनले नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन् । मंगलबार बेलुका नेपाल र बंगलादेश बिचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री अथकले खेल सकिएलगत्तै मैदानमै पुगेर खेलाडीहरुलाई बधाई दिएका थिए ।

बिजयी सेलिब्रेशन गरीरहेका खेलाडीहरुलाई साथ दिन मैदानमै उत्रिएका मन्त्री अथकले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगातएका खेलाडीसँग केही समय भलाकुसारी गरेका थिए ।

प्रतियोगिता अवधिभर रंगशालामै बसेर मन्त्री अथकले खेलाडीहरुको हौसला समेत बढाएका थिए । मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्