Logo
Logo

जनकपुरमा भीषण आगलागी, ३ जना घाइते


693
Shares

धनुषा । जनकपुर कदम चोकमा रहेको हेलमट पसलमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार हेलमट पसलबाट सोमबार राति सुरु भएको आगलागीबाट ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव रहेका छन् । अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । आगलागीबाट सँगै रहेका तीनघरमा समेत क्षति पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्