Logo
Logo

बालुवाटारमा गठबन्धनको बैठक जारी


1.9k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बसेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सिट बाँडफाँटबारे सत्ता गठबन्धनबीच नियमित छलफल हुँदै आएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको बैठकले अन्तिम प्रयास भइरहेको एक नेताले बताए ।
ती नेताका अनुसार नेकपा एकीकृत समाजवादी र जसपाबीच सहमति गर्ने प्रयास भइरहेको छ । जसपाले सिट बाँडफाँटबारे आज अन्तिम पटक प्रयास गर्ने जनाएको छ । जसपाका एक नेताले भने, ‘अब हामी धेरै कुर्न सक्दैनौं । आजको बैठक निर्णायक हुन्छ ।’

गठबन्धनको सिट बाँडफाँटमा एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ । यस्तै, जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अन्य दलसँग तालमेल गर्ने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्