Logo
Logo

बबई नदीको किनारामा तीन शव भेटियो


504
Shares

दाङ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर–११ स्थित बबई नदीको किनारमा तीन शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार गाडिएका पुराना शव बाढीका कारण बाहिर निक्लिएर किनारमा आएको हो । उनले भने, पुराना शवहरू बबईमा आएको बाढीले निकालेर किनारमा फालेको रहेछ । हामीले फेरि आफन्तलाई खोजेर सुरक्षित स्थानमा गाड्न लगाउँदै छौं ।’ स्थानीयले ती शबहरु बाढीले कतैबाट बगाएर ल्याएको हुन सक्ने आशंका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्