Logo
Logo

जगन्नाथ खतिवडाको निर्वाचन क्षेत्र माओवादीले खोस्ला ?



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुरमा दुई निर्वाचन क्षेत्र छ । दुई मध्ये उदयपुर–२ मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुबै दलको बलियो दाबी छ ।

उदयपुर–२ मा माओवादी र एकीकृत समाजवादी दुबै दलका शीर्ष नेता बलियो दाबेदार छन् । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाको निर्वाच क्षेत्र उदयपुर–२ हो । त्यसैगरी माओवादीका पोलिटब्युरो सदस्य सुरेशकुमार राई ‘हिमाल’ पनि यसै क्षेत्रका बलिया दाबेदार हुन् । हिमाल यसै क्षेत्रका निवर्तमान सांसद् समेत हुन् ।

दुबै दललाई आ–आफ्ना नेताका लागि सिट सुनिश्चित गर्नुपर्ने दबाब छ । त्यसैले दुबै दलले दाबी छोडेका छैनन् । एकीकृत समाजवादीलाई पार्टीका प्रवक्तालाई नै निर्वाचनको मैदानबाट बाहिर राख्न नसकिने भनिरहेको छ । माओवादी अघिल्लो निर्वाचनमा जितेको क्षेत्र सोही पार्टीले पाउने आधारभूत सहमतिअनुसार आफ्नो पार्टीले पाउनुपर्ने भन्दै आएको छ ।

सत्तारुढ गठबन्धनले अझै पनि सिट बाँडफाँट गर्न नसक्नुको एउटा कारण उदयपुर–२ पनि हो । यो निर्वाचन क्षेत्रमा माओवादी र एकीकृत समाजवादी बाहेक अन्य दलको दाबी छैन ।

प्रतिक्रिया दिनुहोस्