Logo
Logo

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको आज बैठक बस्दै छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए । कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड) ले नाम टुंगो लगाउने कांग्रेसका नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्