काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको सामानुपातिकको सूचीमा परेका छन् । एमालेले शुक्रबार टुंग्याएको समानुपातिक सांसदको सूचीमा भट्टचन जनजाति पुरुषमा पहिलो नम्बरमा राखिएका हुन् ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भट्टचन गत महाधिवेशन अगाडि संगठन विभाग उपप्रमुख मनोनयन भएका थिए । शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गराउन सक्रिय भूमिका खेलेका भट्टचन बाग्लुङबाट प्रत्यक्ष चुनाव लड्न चाहन्थे ।
तर, गठबन्धनका कारण बाग्लुङका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसले संघीय चुनाव लड्न नपाउने अवस्था आएपछि सामानुपातिक प्रणालीबाट सांसद बन्ने इच्छा देखाएका थिए । तर, उनलाई काँग्रेसले जनजाति समूहमा सूचीमा दुई नम्बरमा समेत पर्न नसकेपछि एमाले राजेका हुन् ।
उनले एमालेले समानुपातिक वा प्रत्यक्ष जे चुनाव लडेपछि अवसर दिने बताएपछि एमालेको सूचीमा बस्न तयार भएको उनको भनाइ छ ।











