
काठमाडौं । कांग्रेसले माेरङ २ मा सुजाता कोइरालालाई टिकट दिएकाे छ ।
यसअघिका सांसद डा. मिनेन्द्र रिजाललाई पाखा लगाउँदै सुजाताले बाजी मारेकी हुन् । कांग्रेस क्षेत्रीय समितिले सुजाता र मिनेन्द्रको नाम सिफारिस गरेको थियो ।
सुजाताले प्रतिनिधिसभा सदस्यको टिकट पाइसकेको कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले बताए । २०७४ सालमा मिनेन्द्रले एमालेका ऋषिकेष पोखरेललाई पराजित गरेका थिए ।
यसपटक पनि एमालेले ऋषिकेषलाई नै उम्मेदवार बनाएको छ ।











