Logo
Logo

आफ्नै उम्मेदवारविरुद्ध उम्मेदवारी दिँदै राजेन्द्र महतो


19.3k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नै गठबन्धन दलका उम्मेदवारविरूद्ध मनोनयन दर्ता गराउने भएका छन् ।

सत्तारुढ गठबन्धनमा भागबण्डामा सहमति नभएपछि महत्तोले मित्रवत प्रतिष्पर्धा गर्ने भन्दै नेपाल समाजवादी पार्टी (नेसपा) नेता महिन्द्र राय यादवविरूद्ध उम्मेदवारी दिन लागेको उनले बताएका छन् ।

महिन्द्र नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्दैछन् । महतो पनि पार्टीकै चुनाव चिन्हबाट उठ्न लागेका छन् । महिन्द्र २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका थिए भने महतो धनुषा क्षेत्र ३ बाट चुनाव जितेका थिए । धनुषा ३ बाट सत्तारूढ गठबन्धनले लोसपा नेता अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्