Logo
Logo

टिकट खोसिएपछि सिन्धुली हानिए हरिबोल गजुरेल


47.1k
Shares

सिन्धुली । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउन असफल भएका छन् । शनिबारसम्म ढुक्क रहेका गजुरेलको सिन्धुली-२ बाट टिकट खोसिएको छ । गजुरेलको सट्टा राजन दाहालले टिकट पाएका छन् । जगुरेल सिन्धुली जिल्ला अध्यक्षसमेत हुन् ।

माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले गजुरेललाई पार्टी कामको जिम्मेवारी दिन उम्मेदवार नबनाएको बताइएको छ ।

सरल यात्रीका अनुसार पार्टीको जिम्मेवारीमा हुँदा काममा समस्या नपरोस् भनेर गजुरेललाई उम्मेदवारी नबनाइएको हो । प्रतिनिधिसभा सदस्यको टिकट नभएपछि गजुरेल भने सिन्धुली लागेका छन् । उनले परिवारसँग सल्लाह गरेर आवश्यक निर्णय लिने समेत बताएका छन् ।

यसअघि उनले सिन्धुपाल्चोक १ बाट चुनाव नलड्ने घोषणा गरेका थिए । उक्त क्षेत्रमा सभामुख अग्नि सापकोटालाई छोड्ने बताएका थिए । तर, सापकोटाले शनिबार आफु चुनाव नलड्ने घोषणा गरेपछि गजुरेलले चुनाव लड्ने मनशाय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्